शंकर के.सी ,सल्यान, १३ कात्तिक ।स्थानीय तह र प्रहरी विच समन्वय हुन आवश्यक रहेको सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । समन्वय नहुँदा प्रहरी र स्थानीय तहको फरक फरक सत्ता जस्तो देखिने भएकाले जनप्रतिनिधी र प्रहरीविच समन्वय तथा सहकार्य हुनुपर्ने उनीहरुले बताएका छन् ।समुदाय प्रहरी साझेदारि निर्माण गरि कार्यान्वयनका लागी सम्झौता पत्रमा हस्ताक्षर गर्न कपुरकोटमा मंगलवार आयोजना गरीएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्थानीय तह संचालनमा प्रहरीको सहयोग अपरिहार्य रहेको बताए ।
अध्यक्ष सेनले सार्वजनिक सम्पत्तिहरुको सुरक्षा तथा संरक्षण, परम्परा तथा चाडपर्वको सुरक्षा व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, घटनास्थल सुरक्षा, मुचुल्का तयारी, सुरक्षा सचेतना एवम् मदिरा तथा लागूपदार्थ नियन्त्रणमा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
सोहि कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहिले स्थानीय तह र जनप्रतिनिधीसंग समन्वय गरेर अघि बढिने जनाउँदै आफु मातहतका समपूर्ण इकाइलाइ यसबारे निर्देशन भइसकेको जनाए ।कार्यक्रममा गाउँपालिकाको तर्फबाट अध्यक्ष सेन र जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरिक्षक शाहीले समुदाय प्रहरी साझेदारि निर्माण र कार्यान्वयन गर्नका लागी समझदारि पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
नायव सुब्बा जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा अध्यक्ष तथा कार्यापालिका र वडा सदस्यहरुको सहभागीता थियो ।