जनतालाई निराश हुन दिन्न : केसी

 

प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अबको पाँच बर्षमा ९५ प्रतिशतमा पानीको पहुँच पु¥याउने बताउनुभएको छ । तुलसीपुुर उपमहानगरपालिका १० नयाँ गाउँका स्थानीय बासीले बुझाएको पानी सहित विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझदै उहाँले एक घर एक धारा भन्ने सरकारको नीति अनुसार सबै घरमा पानी पुग्ने गरी सरकारले काम गर्न थालेको बताउनुभयो । जनतालाई निराश पार्ने काम आफुले नगर्ने भन्दै उहाँले नया गाउामा डिपबोरीङका लागि यसै बर्ष बजेट छुट्याउने बताउनुभयो । पानी, शिक्षा, स्वास्थ्य र सडकका लागि सरकार गम्भिर भएको भन्दै सांसद केसीले ठूल–ठूला योजना भन्दा पनि तत्काल देखिएका समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो । शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेकपाका नेता कमल केसी, नविन कवँर, सुरेश आचार्य, युवासंघका जिल्ला सदस्य सन्तोष वली, पर्वती वली लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण टोलविकास संस्थाका रेगबहादुर भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया