फोटो फाईल
काठमाण्डौ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ । भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
भेटमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रहरूमा सहकार्य बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी डा.एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लाग्नुभएको हो ।
प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार






