फोटो फाईल
काठमाण्डौ, २१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि ३ दिन भारत भ्रमणमा रहनु हुने भएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणमा खनाल नयाँ दिल्ली जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा खनालले भारतीय विदेशमन्त्री जयशङ्कसँग द्विपक्षीय भेटवार्ता गर्नु हुने छ । वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जालगायतका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको भ्रमणलगत्तै खनालको भ्रमण हुन लागेको हो । मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल आउँदो आइतवार जेठ २४ गते स्वदेश फर्कनु हुने कार्यतालिका रहेको छ । अहिले भारत भ्रमणमा रहनुभएका रास्वपाका सभापति लामिछाने भोलि स्वदेश फर्कँदै हुनुहुन्छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार






