फोटो फाईल
दाङ, २० जेठ । दाङमा प्रहरीले चार नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेक बहादुर कुसारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधवार बंगलाचुली ३ मा रहेको तिखेचुली सिद्धमण्डली सामुदायिक वनमा अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यँलय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुई वटा बन्दुक लोड गरेको र दुई वटा बन्दुक अनलोड भएको अवस्थामा फेला परेको हो । यस्तै फलामको टुक्रा ११ वटा, केप १० वटा, छर्रा ५२ वटा र अन्दाजी ५० ग्राम बारुद समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार






