२०८३ जेष्ठ २० गते बुधवार

लुम्बिनी प्रदेशमा एमालेका चार जना मन्त्रीद्धारा राजीनामा

फोटो फाईल

काठमाण्डौ, २० जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिनुभयो । आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु हुनुहुन्छ । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ ।लुम्बिनीका मुख्यमन्त्री आचार्य एमालेका हुनुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया