दाङमा लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

तुलसीपुर,१२ कार्तिक ।

इलाका प्रहरी कार्यालय गढवा दाङले लागू औषध खैरो हेरोईन सहित ३ जना व्यक्तिहरुलाई  गाडिसहित पक्राउ गरेको छ । गढवा गाँऊ पालिका वडा नं १ जुरेनी बाट बाँके बैजनाथ गाँऊपालिका वडा नं १ का नर बहादुर पाण्डे , सोहि गाँउपालिका गाभर का भिम सिंह रोकाया र वडा नं २ मकैबारी निबासी छवि गुरुङ लाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा लिईको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउगरेका व्यक्तिहरुबाट  से.१.च ११९० नम्बरको बोलेरो जिप १ थान, दुई ग्राम खैरो हेरोइन, गाँजा जस्तो देखिने लागूऔषध १६ ग्राम, नगद रु। ९ हजार ५ सय रुपैयाँ, ३ वटा मोवाइल फोनसेटहरु, चुरोटका फिल्टर१ प्याकेट, चुरोट पेपर ६ प्यकेट, ब्लेड १ थान, लाइट २ थान र सिक्का १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पुर्वपस्चिम राजमार्ग अन्तर्गत जुरेनीमा पोखरा बाट कोहलपुर तर्फ आँउदैगर्दा संकास्पद अवस्थामा गाडि रोकिराखेको बेला निजहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गोलेले बताउनु भयो ।

पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा चलाइने भएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया