फोटो फाईल
दाङ, १८ जेठ । सल्यानमा प्रहरीले आज थप दुई वटा अवैध भरुवा बन्दुक फेला पारेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ५ डाँडासल्ले स्थित शान्ति सुरक्षा सामुदायिक वनमा दुई वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले दुई वटा अवैध भरुवा बन्दुक फेला पारेको हो । यस अघि प्रहरीले हिजो बनगाड कुपिण्डे नगरपालिका वडा १२ निगालचुला स्ति बस्नेयुरा सामुदायिक वनबाट तिन वटा भरुवा बन्दुक फेला पारेको थियो । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार






