काठमाण्डौ, १८ जेठ । देशका धेरै ठाउँको मौसम यतिबेला सफा रहेको छ । दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।।
प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार






