२०८३ जेष्ठ १७ गते आइतवार

दाङमा अबैध नदिजन्य ओसारपसार गर्ने टिप्पर र ५ वटा टेक्टर कारवाहीमा

फोटो फाईल

तुलसीपुर, १७ जेठ । दाङमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने टिप्पर र टेक्टरलाई पक्राउ गरि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीले जिल्ला विभिन्न खोला तथा नदीमा अवैध नदीजन्य पदार्थ ओसारपसार गरेको आरोपमा एउटा टिप्पर र ५ वटा टेक्टरलाई पक्राउ गरि कारवाही गरिएको जानकारी दिएको छ ।

नदीजन्य पदार्थ चोरीनिकासी नियन्त्रण गर्ने अभियान अन्र्तगत गत जेठ ८ गतेदेखी १५ गते सम्मको अवधीमा ती गाडीलाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका ती गाडीहरुलाई कारवाहीका लागी सम्बन्धित निकायमा पठाएको र एक लाख पैसठठी हजार रुपैया जरिवाना गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया