२०८३ जेष्ठ १७ गते आइतवार

सल्यानमा तिन वटा अवैध भरुवा बन्दुक बरामद

फोटो फाईल

दाङ, १७ जेठ । सल्यानमा प्रहरीले तिन वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा १२ निगालचुला स्ति बस्नेयुरा सामुदायिक वनबाट उक्त बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।

सामुदायिक वनमा अवैध बन्दुक रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले बन्दक फेला पारेको उहाले जानकारी दिनुभयो । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया