सांकेतिक तस्विर
तुलसीपुर, १७ जेठ । दाङमा फरार अभियुक्तहरुलाई खोजीकार्य गर्ने अभियान अन्र्तगत प्रहरीले एक हप्ताको अवधीमा १६ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालतले विभिन्न समयमा मुद्दा फैसला गरी फरार रहेका १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु विरुद्ध अदालतले तिन वर्ष २ दिन कैद सजाय र २५ हजार तिन सय रुपैया जरिवाना तोकेको छ । उनीहरुलाई फैसला कार्यन्वयनका लागी पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार






