प्रधानमन्त्री ओलीको उपचार शिक्षण अस्पतालमा जारी

तुलसीपुर,१२ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीलाई आज बिहान साढे २ बजे अस्पताल पु¥याइएको थियो । शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा उहाँको उपचार भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीको मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली प्रधानमन्त्रीको उपचारमा खटिएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहनु भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया