दाङमा एक सय बढि महिला तथा बालबालिका हराए

बसन्त परियार,तुलसीपुर १२ कार्तिक ।
दाङमा एक सय बढि महिला तथा बालबालिका हराएका छन । चालु आर्थिक बर्षको कार्तिक ७ गते सम्मको अवधिमा १ सय ४३ महिला तथा बालबालिकाहरु हराएको जिल्ला प्रहरी कार्यालय दाङमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । केन्द्रकि प्रमुख, प्रहरी सहायक निरीक्षक नन्दकलि कटुवालका अनुसार हराएका मध्ये ७५ जना मात्रै फेला परेका छन ।

कोहि हराएर परीवारको सम्पर्कमा आउने तर केन्द्रमा जानकारी नगराईदिनाले पनि हराएका सबै नभेटिने र प्रहरीको तथ्यांकमा हराउनेको संख्या बढ्ने गरेको उनले बताएकि छिन । जसमा ८७ महिला हराएकोमा ४८ फेला परेका छन । त्यसैगरी ३३ वालिका मध्ये १९ जना र २३ वालक मध्ये ८ जना मात्रै फेला परेको प्रहरी सहायक निरीक्षक कटुवालले जानकारी दिएकि छिन । यस्तै,गत आर्थिक बर्ष २०७४÷०७५ मा हराएका ४ सय ९० महिला तथा बालबालिका हराएको सबै भेटिएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

केन्द्रमा हराएको निवेदन दर्ता गर्दा उल्लेखित फोन नम्बरमा सम्पर्क गर्दा कसैको फोन नलाग्ने,कसैले गलत नम्बर भएको बताउदा हराएका भेटिए नभेटिएको पत्ता लगाउन समस्या हुने गरेको छ । यसरी हराएर नभेटिएकाहरु मध्ये महिलाहरु लुकिछिपि अर्को विहे गरी घरजम गर्ने, अरु ठाउमा बस्न जाने, बालवालिका भने आर्थिक अभावका कारण कामको सिलसिलामा छिमेकि देश भारत जाने, वालविबाह गरी अभिभावक संग अन्यत्र जाने गरेको पाईन्छ ।

प्राय आर्थिक अबस्था कमजोर भए पछि धन पैसा कमाउन, श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यहरु सँगको बेमेलका कारण, घरेलु हिंसामा परेर पनि महिलाहरुले घर छोडेर जाने गरेको कारण महिला तथा वालवालिकाहरु हराउने गरेको जानकारहरु बताउछन ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया