फोटो फाईल
काठमाडौ,१६ जेठ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर रुपन्देही ल्याइएको छ ।भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो । आठ वटा बसमार्फत उनीहरूलाई शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही पुर्याइएको छ ।
उनीहरूको अहिले व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक-एसपी)जनकबहादुर शाहीले जानकारी दिनुभयो । रोजगारी लगायतका प्रलोभनमा उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको एसपी शाहीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार






