दाङमा ६ सय बढि सहकारीमा डेढ लाख बढि नागरिक आबद्ध

लक्ष्मण विश्वकर्मा , तुलसीपुर ११ कात्तिक ।दाङमा ६ सय बढि सहकारी संस्थामा डेढ लाख भन्दा बढि नागरीक आबद्ध भएका छन् । आर्थिक वर्ष २०७३/०७४ को असार मसान्त सम्मको तथ्याङक हेर्दा जिल्लामा विभिन्न प्रकृतिका ६ सय २५ वटा सहकारी संस्था दर्ता भएको जिल्ला सहकारी संघले जानकारी दिएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामा गरी १ लाख ६७ हजार ९ सय नागरिक आबद्ध भएको संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार अहिले झन्डै तिन दर्जन सहकारी संस्था निष्क्रिय भएका छन् ।

यसरी जिल्लामा सन्चालित सहकारी संस्थामा आबद्ध भएको संख्या मध्ये महिलाको संख्या धेरै रहेको अध्यक्ष शर्माको भनाई छ । उनले दिएको जानकारी अनुसार ९७ हजार ९ सय महिला रहेका छन् भने ७० हजार पुरुष रहेका छन् । यस्तै जिल्लामा महिलाहरुद्धारा सन्चालित विभिन्न प्रकृतिका सहकारी संस्थाको संख्या झन्डै ७ दर्जन रहेको छ ।

जसबाट पुरुष महिला गरी एक हजार वढिले प्रत्यक्ष रोजगारी समेत पाएको संघका अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार कर्मचारीको संख्या पनि महिलाको धेरै रहेको छ । जिल्लाका क्रियाशिल सहकारी संस्थामा ७ सय ८६ महिला कर्मचारी कार्यरत रहेका छन् भने ३ सय ८६ जना पुरुष कर्मचारी रहेको उनले जानकारी दिए ।यस्तैगरी तुलसीपुर क्षेत्रका १ सय ६८ वटा विभिन्न प्रकृतिका सहकारी संस्था दर्ता भएका छन् । जसमा अहिले झन्डै १ दर्जन सहकारी संस्था निष्क्रिय भएको संघका अध्यक्ष शर्माले जानकारी दिए ।

तुलसीपुर क्षेत्रमा मात्रै २८ हजार ७ सय ३५ जना मानिस सहकारीमा आबद्ध भएका छन् । जसमा महिलाको संख्या ३५ प्रतिशतले बढि रहेको भने कर्मचारी कार्यरतमा पनि महिलाको संख्या वढि रहेको संघले बताएको छ । तर पछिल्नो समयमा सहकारी प्रति नागरिकको आर्कषण बढेकाले संख्यामा पनि बृद्धि भएको हुन सक्ने संघका अध्यक्ष शर्माको भनाई छ । देश संघिय संरचनामा परिणत भए संगै अहिले जिल्ला सहकारी डिभिजन कार्यालय खारेज भएकाले पछिल्नो विवरण आफुहरु संग नभएको उनले बताए । जिल्लाका स्थानिय तहको मातहतमा सहकारी दर्ता हुने भएकाले जिल्लामा सहकारीको पछिल्नो विवरण पुर्ण नभएको जिल्ला सहकारी संघले बताएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया