तुलसीपुरका यी स्थानमा आज देखि दिनभर विद्युत नहुने

तुलसीपुर,१० कार्तिक ।

तुलसीपुर क्षेत्रको केहि स्थानमा आज देखि दिनभर विद्युत सेवा बन्द हुने भएको छ । तुलसीपुरको विरेन्द्र चोक देखि पश्चिम गहतेखोला सम्म पु्रानो पोल उखेलेर नँया पोलमा लाईन विस्तार गर्नुपर्ने भएको हुदा विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ । आज देखि १५ गते सम्म विहान ८ बजे देखि बेलुकि ६ बजे सम्म आँखा अस्पताल फिडर अन्र्तगतका सबै स्थानमा आवस्यकता अनुसार विद्युत सेवा बन्द हुने जनाइएको छ ।

तुलसीपुरको विरेन्द्र चौक हुदै सल्यान रोड,गणेशपुर पार्क,आखा अस्पताल,तुलसीपुरको ख लाईन,बसपार्क यरीया,झाक्रि ढुङ्गा खानेपानी,डाडाखुटी,दमारगाउ,रक्षाचौर,थर्कुडाडा,दोघरे,टिकरी,कृष्ण मन्दीर सम्म विद्युत सेवा बन्द हुने छ । साथै तोकिएको समय भन्दा अगावै काम सकिएपछि विद्युत सेवा सुचारु हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १० गते शनिवार
प्रतिक्रिया