तुलसीपुरमा ९ जुवाडे पक्राउ

तुलसीपुर,१० कार्तिक ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । हिजो साझ तुलसीपुर उप महानगरपालीका वडा नम्बर ६ उत्तर कपरादेबी स्थित लक्ष्मण चौधरीको घरमा जुवा तास खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उल्लेखित घरमा जुवा खेलीराखेको समयमा फेला पारी जुवा खाल बाट ४० हजार १ स य ५५ रुपैया र जुवा खेल्न प्रयोग भएको तिन गड्डी तास समेत वरामद गरेको छ । यसबारेमा अनुसन्धान भैरहेको डिएसपी प्रकाश सापकोटाले बताएका छन ।

प्रकाशित मिति : २०७५ कार्तिक १० गते शनिवार
प्रतिक्रिया