घोराहीबाट झन्डै डेढ लाख नगद सहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय दाङले नगद सहित जुवा खेलिरहेका ७ जना जुवाडेलाई  घोराहीबाट पक्राउ गरेको जनाएको छ । गएराती १२ बजे तिर घोराही उपमहानगरपालिका वडा नम्वर ३ भैसकुर स्थित शरद थापाको घरमा अवैध रुपमा जुवा खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा बिशेष प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । उक्त घरमा जुवाखेली राखेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथबाट १ लाख ३५ हजार रुपैया बरामद गरीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले जानकारी दिएका छन् ।उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया