पश्चिम दाङमा वितेको तिन महिनामा पाँच वटा बलात्कारका घटना, तीन जना पुर्पक्षका लागी थुनामा

बसन्त परियार , ९ कात्तिक ।
पश्चिम दाङमा वितेको तिन महिनामा पाँच वटा बलात्कारका घटना घटेका छन । चालु आर्थिक बर्षको असोज महिना सम्मको अवधिमा पाँच वटा बलात्कारका घटना घटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ति मध्ये चार वटा बलात्कार र एउटा बलात्कारको प्रयास भएको जनाइएको छ ।गएको भाद्रमा दुई वटा बलात्कार र एउटा प्रयास भएको मुद्धा फाटले जनाएको छ । यस्तै असोजमा एउटा हाडनाता सहित दुई वटा बलात्कारका घटना भएका छन । ति घटनामा संलग्न तीन जना अभियूक्तहरु पुर्पक्षका लागी थुनामा रहेका छन । यस्तै एक जना फरार रहेको जानकारी दिईएको छ । त्यसैगरी बलात्कारको प्रयासमा पक्राउ परेका एक जना धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया