२०८३ जेष्ठ १५ गते शुक्रवार

काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल चौथो

फोटो फाईल

काठमाडौ,१५ जेठ । काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जित्यो । योसँगै भारतले तेस्रो स्थानमा रहेर कांस्य पदक जितेको छ ।

नेपाल चौथो स्थानमा रह्यो । प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो साढे ४ बजे इरान र काजकिस्तान खेल्दैछन् । हिजो भएको सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । प्रतियोगितामा ८ वटा टोली सहभागी थिए । समूह -ए) मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स तथा समूह -बी) मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
प्रतिक्रिया