खुकुरी प्रहार गरि रोल्पामा श्रीमतीको हत्या

तुलसीपुर,८ कार्तिक ।

रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती ३९ वर्षीय देविसराको हत्या गरेका हुन् । गय राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घरायसी विवादमा श्रीमती लाई उनले खुकुरी प्रहार गरेका हुन । प्रहरीको प्रारम्भीक अनुसन्धानका अनुसार सुकलालको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया