तुलसीपुर, ७ कात्तिक । घोराहीमा दुई युवा समुह विच कुटाकुट हुदा चार जना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुुर १३ का २० वर्षिय तिलक विक सोहि वडाका १८ बर्षिय असोक नेपाली, कुमार नेपाली र घोराही ५ का १८ अजय नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईते मध्य तिन जनालाई थप उपचारको लागी नेपालगन्ज रिफर गरीएको छ भने कुमार नेपाली सामान्य घाईते भएको बताईएको छ । उनीहरुको टाउँको वढि चोट लागेको बताईएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्व ५ को एक घरमा मंगलवार साँझ नाचगान भईरहेको अवस्थामा दुई समुह विच कुटाकुट भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न भएको आरोपमा घोराही ५ का निर्मल पुन र मदन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केहि आरोपिहरु फरार रहेका छन् । नाँचगान भईरहेको समयमा उनीहरु विच विवाद हुदा उक्त घटना भएको प्रहरीले जनाएको छ । विवादको कारण खुल्न आएको छैन भने घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
घोराहीमा दुई युवा समुह विच कुटाकुट हुदा चार जना घाईते
प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया