नेकपा दाङले शुभकामना आदानप्रदान कार्यक्रम गदै

तुलसीपुर, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी दाङले मंगलवार पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको छ । बिजयादशमी, तिहार, छठ तथा नेपाल सम्बतको सन्दर्भमा बिहान ११ बजे पार्टी कार्यालयमा कार्यक्रम गर्न लागेको नेकपा दाङले जनाएको छ । कार्यक्रममा सहभागी हुन पार्टीका बरिष्ठ नेता माधबकुमार नेपाल, नेकपाका नेता युवराज ज्ञवाली, प्रदेश ईञ्चार्ज तथा ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहित नेकपाका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विगतदेखि गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन लागेको नेकपा कार्यदलका सदस्य टीकाराम खड्काले जानकारी दिए । यस्तै कार्यक्रमलाई प्रतिनीधिसभा, प्रदेश तथा राष्ट्रिय सभाका सदस्यहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको खड्काले बताए । नेकपाको कार्यदल गठन भएपछि दुई वटा बैठक, पार्टी कार्यालय उद्घाटन गरी सकेको छ भने चियापान एवं शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया