तुलसीपुरमा प्रादेशिक स्तरको अस्पताल बन्ने : मुख्यमन्त्री पोख्रेल

तुलसीपुर ६ कात्तिक । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पताल वनाउने वताएका छन् । सामान्य उपचारका लागि पनि यहाँका जनता टाढा जान वाध्य भएको भन्दै मुख्यमन्त्री पोख्रेलले सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना वनाइरहेको उनले वताए । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वोल्दै उनले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल सञ्चालनमा आउनु सुखद कुरा भएको वताउँदै टरिगाउँ र नारायणपुरको विमानस्थल निर्माण एकैपटक सुरु हुने वताए ।
दाङ्गको विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको वताउँदै पोख्रेलले विकासका लागि क्षेत्रिय स्वार्थ त्याग्नुपर्ने वताए । दाङ्गलाई प्रादेशिक राजधानी वनाउने कुरा आफ्नो हातमा नरहेको वताउँदै शेरवहादुर देउवाले गरेको गल्तिको दोष जनताले आफुलाई लगाएको आरोप समेत लगाए । प्रदेशको राजधानी छान्ने काम आफ्नो नभएको वताउँदै प्रदेश सभाको दुई तिहाई वहुमतले त्यसको छनोट गर्ने उनको कथन थियो ।
कार्यक्रममा विषय प्रदेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले बृहत गुरुयोजना निर्माण गरेर दाङ्गको विकासमा लागि काम गर्न आग्रह गरेका थिए । सडक वजेटहरुलाई खण्ड खण्ड वनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर वृहत सडक योजना वनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गरेका थिए । तुलसीपुरमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुका साथै उपमहानगरपालिकाले निर्माण गर्न थालेको मेट्रो कलेजलाई प्रदेश स्तरकै विश्वविद्यालय समेत वनाउन सकिने गरि काम गर्न उनले आग्रह समेत गरे । कार्यक्रममा वोल्दै संविधान सभा सदस्य वुद्धिराम भण्डारी र पूर्व सभासद गेहेन्द्र गिरीले दाङ्गलाई राजधानी वनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरेका थिए । उपमहानगरपालिका उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर प्रवक्ता सुर्यवहादुर डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया