शुद्ध पानी पीउनबाट कोही बञ्चीत हुनुहुदैन: सांसद केसी

सन्तोष वली,तुलसीपुर ५ कार्तिक ।

प्रतिनिधि सभाका सांसद हिरा चन्द्र केसिले मानव जिवनको लागि पानी अपरीहार्य भएको हुदा पानीको मुहान संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन । तुलसीपुर १ मा रहेको पवननगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारण सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । शुद्ध पानी पिउन बाट नागरीक लाई बञ्चीत नगराई सबैको पहुचमा पानी पुर्याउनुपर्नेमा उनले जोड दिएका थिए ।

यँहाको बन जंगल र उत्खनन् रोक्न नसके दाङमा पानीको झनै समस्या हुने भएको हुदा यसमा सबै अग्रसर हुनुपर्ने उनले बताएका थिए ।देशका सबै नागरीकलाई शुद्ध पानी खुवाउने राज्यको दायित्व भएको हुदा सरकारले यसको लागि सरकार गम्भीर भएर लागि परेको उनले बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका मेयर घनस्याम पाण्डेले एक घर एक धारा आफ््नो अभियान भएको हुदा उत्कृष्ट खानेपानी संस्थालाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

संस्थाका अध्यक्ष लिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता बिनोद सर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष लक्ष्मण भण्डारी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचीव केपि भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया