मुख्यमन्त्री पोख्रेल सँग तुलसीपुर उपमहानगरपालिकाले अन्र्तक्रिया कार्यक्रम गर्ने

तुलसीपुर ५ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सँग अन्तक्र्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा उपमहानगरपालिकाको समग्र विकास र समृद्धिका वारेमा मुख्यमन्त्री पोख्रेल सँग वहस तथा छलफल गरिने नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् ।कार्यक्रम बेलुकी ५ वजे उपमहानगरपालिकाको सभाहलमा हुने जनाईएको छ । उपमहानगरले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण जनप्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज, वुद्धिजिवी, पत्रकार लगायतलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया