तुलसीपुर, ४ कात्तिक ।
पोखरीमा डुबेर घोराहीमा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा रोल्पा घर भई हाल घोराही निवासी २५ वर्षीय लाल बहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तिले जानकारी दिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाडा स्थित ससुराली गएको बेला नजिकै पोखरीमा शनिवार साढे ५ वजेतिर नुहाउने क्रममा डुवेर ज्यान गएको प्रहरी प्रवक्ता घर्तिले जानकारी दिएका छन् ।
घटना बेलुका साढे ५ वजेतिर भएपनि आफुहरुलाई साँझ साढे सात बजेतिर जानकारी आएको उनले बताएका छन् । मृतक डाँगीको शवलाई पोखरीबाट निकालिएको हुँदा अव पोष्टमार्टम गर्ने तयारी गरीएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ कार्तिक ४ गते आइतवार