नेकपाको सचिवालय बैठकमा मन्त्री परिवर्तनको एजेण्डाले प्रवेश पाउने

दाङ, ४ कात्तिक । गत असोज २७ गते बस्ने भनिएको नेकपा सचिवालयको बैठक दशैं अगाडि बस्न सकेन । आईतवार बस्ने भनिए पनि शनिवार साँझसम्म बैठकको समय तोकिएको छैन । आईतवार बस्ने भनिएको नेकपाको सचिवालय बैठकमा मन्त्री हेरफेर सम्बन्धी एजेण्डाले प्रवेश पाउने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्ने संकेत गरेका छन् ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार सचिवालय बैठक आईतवार बस्ने भनिएको र बैठकमा सरकारको मूल्यांकन सम्बन्धी एजेण्डाले प्रवेश पाउने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए ।

कार्यकालको ६ महिनासम्म आइपुग्दा प्रधानमन्त्री ओलीले प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए । बैठकको समय नतोकिदा बैठक बस्ने नवस्ने अन्यौलता समेत छाएको नेकपाका एक नेताले बताएका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया