दाङ, ३ कात्तिक ।महोत्तरीको औराही–१ का सन्तोषकुमार चौधरीकी ८ महिने छोरीको अपहरण पछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षिय भरत साह रहेको प्रहरीले जनाएको छ । उनलाई सुनसरीको भन्टाबारी क्षेत्रबाट पक्राउ गरेको प्रहरीले दाबी गरेको छ ।
यसअघि उनी भागेर भारत छिरेको आशंका गरिँदै आएको थियो । त्यसपछि भारतीय प्रहरीको समेत समन्वयमा शाहको खोजी बढाइएको थियो ।
महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले सुनसरी प्रहरीसँगको समन्वयमा शाहलाई महोत्तरी ल्याउने प्रयास भइरहेको बताएका छन् । भन्टाबारीमा पक्राउ गरेको खबर आएपछि हामीले भेरिफिकेशनका लागि फोटो पठाएका थियौं । शाहलाई यहाँ ल्याउन समन्वय भइरहेको छ उनले भने ।साहले नै आफ्नो छोरीलाई अपहरण गरेर हत्या गरेको मृतक शिशुकी बुबा सन्तोषले दाबी गरेका थिए ।
नजिकै रहेको सीसी टीभीको फुटेजमा पनि शाह देखिएका थिए । उनले पसलमा ग्राहकको भेषमा आएर शिशुको अपहरण पछि हत्या गरेको खुल्न आएको छ । शरीरका विभिन्न अंगमा चोट देखिएकाले शिश ुमाथि दुश्कर्म समेत भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको बताईएको छ ।पीडित परिवारको घर नजिककै गाउँमा बस्ने शाह लागूऔषध दुव्यर्सनी समेत हुन् । घटनाको दुई दिनअघि उनले भिट्टामोडबाट ट्याबलेट किनेका प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको घरपरिवार सँग पनि राम्रो सम्बन्ध नभएको बुझिएको छ ।