तुलसीपुर,३ कार्तिक ।
बडादशै अन्तर्गत आज पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजनबाट आशिष लिनव्यस्त छन् । एकै दिन टिका लगाउन नभ्यानेहरुले कोजाग्रत पूर्णिमाको दिन सम्म लगाउने चलन छ भने पश्चिम क्षेत्रहरुमा चाँहि दशमीको एक दिनमात्रै टिका लगाउने चलन छ । दुर्गा विसर्जन पछि परिवारमा सवैभन्दा जेठो व्यक्ति सँग क्रमसः टिका थापेकाहरु आज बाँकी आफन्तको घरमा टिका टालो गर्न जाने गर्दछन् । विशेष गरी मामाघर, ससुराली र बुढो मावलीमा मान्यजन बाट टिका लगाउन जाने चलन छ ।
परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइ दिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन छ भने आफन्तको घरमा टिका लगाउन जाँदा कोसेली लैजाने चलन छ । अभ mपहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जा भान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ ।
त्यस्तै, दशैंको टिकाको दिन पिङ्मा मच्चिएर एक छिन भएपनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ अधिकांस गाउका खर्क, देउराली तथा चौराहरुमा दिनभर पिङ्मा मच्चिनेहरुको जमघट देखिन्छ । दशैंको बेला विशेष गरी किशोर पुस्ताले चङ्गा उडाएर मनोरञ्जन लिन्छन् ।