मोटरसाइकल दुर्घटना हुदा दाङमा एक जनाको मृत्यु

तुलसीपुर,३ कार्तिक ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटिमा रा १ प ७०१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्ति गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षीय शैलेन्द्रकुमार चौधरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारको लागि लमहीमा रहेको फलोरेन्स अस्पतालमा उपचारको लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया