२०८३ जेष्ठ १४ गते बिहिवार

आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाण्डौ, १४ जेठ ।  आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ । गएराति कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्मै सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरैजसो भागमा ठूलो पानी पर्ने सम्भावना छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया