नगरप्रमुख पाण्डेले दिए दशैको शुभकामना

तुलसीपुर, कात्तिक १ । हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सम्पूर्ण नगरवासीका नाममा शुभकामना सन्देश जारी गरेका छन् । असत्यमाथि सत्यको विजयका रुपमा मनाईने यस पर्वले हरेक नागरिकलाई सत्यको बाटोमा हिड्न र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिन सकोस् भन्ने शुभेच्छा शुभकामना सन्देशमा व्यक्त गरिएको छ । ‘हरेक नेपालीमा सकारात्मक सोचको विकास गराउँदै यस पर्वले हरेकका विचमा सुमधुर सम्वन्ध स्थापित गराउन सकोस्’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
बहुजाति, बहुसँस्कृति, बहु धर्म र बहु परम्परा जस्ता विविधता भएको देशमा चाडपर्वहरुले हरेक जातिमा एकता, भ्रातृत्व, सहिष्णुता र मेलमिलापको भावना विकास गराउन सकुन् भन्दै नगरप्रमुख पाण्डेले चाडपर्वमा अरुको देखासिकी गरेर फजुल खर्च गर्नु भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउनुपर्ने कुरामा जोड दिएका छन् । ‘आफ्नो अवस्था हेरेर सोही अनुसार रमाउन सकियो भनै मात्रै चाडपर्वले वास्तविक खुसी सञ्चार गर्न सक्दछन् ’ सन्देशमा उल्लेख गरिएको छ । नयाँ लुगा, लगाउने, मिठो खाने र आर्शिवाद ग्रहण गर्ने पर्वका रुपमा रहेको वडादशै नेपाली हिन्दुहरुको महान पर्व भएको उल्लेख गर्दै उनले देशलाई विकास र समृद्धिको यात्रामा अगाडी वढाउनका लागि यस पर्वले हरेक नागरिकमा शक्ति प्रदान गरोस् भन्ने शुभेच्छा समेत प्रकट गरेका छन् । हरेक नागरिकहरुमा खुसी र उत्साह र उमंगको सञ्चार गर्नमा दशै पर्व उपयोगी हुने सकोस् भन्ने शभेच्छा समेत गरिएको छ । दशै पर्वसँग जोडएका विभिन्न विकृति र विसँगतिको अन्त्य गर्नमा यस पर्वले सर्बमा शक्ति दिन सकोस् भन्ने कुरा शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया