राष्ट्रपति भण्डारीद्वारा बडादसैंकाे शुभकामना

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंका अवसरमा देशबासीलार्इ शुभकामना सन्देश दिनुभएकाे छ।

राष्ट्रपतिकाे कार्यालय शीतल  निवासबाट जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैं, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया