चितवनमा सवारी दुर्घटना हुदा दुई जनाको ज्यान गयो

दाङ, ३१ असोज ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बुधवार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा १ झ ५६५ नंको ट्याङ्करले आज दिउँसो ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।

मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालक रहेका छन् । सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ रिफर गरीएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताईएको छ । मृतकहरु भ्यान र ट्याङ्कर कुनमा सवारी गरेकोे हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनग्रस्त भ्यान सडकमा नै रहेको छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ असोज ३१ गते बुधवार
प्रतिक्रिया