दशैं लगत्तै तल्ला तहसम्म एकता गर्ने नेकपाको तयारी

तुलसीपुर,३१ असोज ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ ।जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको हो । नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको नेकपाका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

स्थायी समितिको बैठक १२ र १३ गतेका लागि बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् । नेकपाले हाल प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । यो निर्णयमाथि पनि वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ ।

प्रकाशित मिति : २०७५ असोज ३१ गते बुधवार
प्रतिक्रिया