सल्यान र रुकुम पश्चिममा भएको छुट्टाछुट्टै दुर्घटनामा परि एकको मुत्यु ६ घाईते ।

तुलसीपुर, ३० असोज ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नं १ का ९ बर्षका प्रयास बि।सीको मृत्यु भएको प्रहरीले जनाएको छ । बा ३ ख ७४६१ नम्बरको बस सल्लेबाट खलंगा तर्फ जाँदै गर्दा सल्ले बसपार्क नजिक दुर्घटना भएको हो ।घाइते हुनेमा ८ बषिय जेनिश विसि र राम भनिने चालक घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको छ । बस सडक बाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो ।
यस्तै सल्यानमा जिप दुर्घटना हुदा तिन जना घाईते भएका छन् । शिद्धकुमाख नगरपालिका वडा नं.३ गोदामेखोला नजिकै मंगलवार विहान ६ वजे तिर दुर्घटना हुदा तिन जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गम्भिर घाईते हुनेमा त्रिवेणी गाउपालिका वडा नम्वर ५ बस्ने ३० वर्षिय जिप धनी राजु सुनार रहेका छन् ।

त्यस्तैगरी सोहि गाउपालिका वडा नम्वर ६ वस्ने जिप चालक २४ बर्षिय टेक बहादुर विक र जिपमा सवार बाँके कोहलपर नगरपालिका वडा नम्वर १२ बस्नेत ५६ बर्षिय नर बहादुर वुढाथोकी घाईते भएका छन् । उनीहरुको सामान्य उपचार पछी डिस्र्चाज गरीएको छ । गम्भिर घाईते सुनारको श्रीनगरमा रहेको अधिकारी मेडिकलमा उपचार भईरहेको प्रहरीले बताएको छ । सल्यानको कालागाउँदेखी श्रीनगर तर्फ आउदै गरेको लु १ ज ३०२१ नम्वरको जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ असोज ३० गते मङ्गलवार
प्रतिक्रिया