हामी बार्ता विरोधी होइनौ :  पुन

तुलसीपुर २९ असोज
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य ओमप्रकाश पुनले सरकारसंग वार्ताामा बस्न तयार रहेको बताउनुभएको छ । विजयादशमी तथा शुभदिपावलीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नगर समितिले तुलसीपुरमा आयोजना गरेका चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संचारमाध्यममा आए जस्तो वार्ता विरोधी नभएको बताउनुभयो भयो ।
‘सरकारले वार्ताका लागि चिठ्ठिी समेत लेखेको छैन,’– पोलिट ब्युरो सदस्य पुनले भन्नुभयो, ‘यदि वार्ता नै चाहेको हो भने काठमान्डौको टुडीखेलमा खुल्ला रुपमा बसेर वार्ता गर्न तयारछौ ।’ हतियार उठाउने पक्षमा आफुहरु नभएको भन्दै उहाँले आफुहरु शान्ति र समृद्धिको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
‘भाइ बहिनी काका गरेर आफनै परिवारका ११ जना सदस्य गुमाएकोले सबै भन्दा पिडित व्यक्ति म आफै हुँ,’ पुनले भन्नुभयो ‘ तर सरकारले शानित पुर्ण तवरले संगठन नर्माणमा जुटेकालाई पक्राउ गरी झुट्टा मुद्दा लगाएर जेलमा कोच्ने काम गर्छ । शान्ति विरोधी सरकार हो कि हामी?’
पोलिट ब्युरो सदस्य पुनले हिंसात्मक संस्कृतिलाई शान्तिमा रुपमान्तर गर्न विमर्शको आवश्यक रहेको बताउनुभयो । कम्युनष्टि पार्टी धर्म विरोधी नभई धर्म निरपेक्ष भएको भन्दै उहाँले लाखौ जनावरलाई बलि दिएर लोकको कल्यान नहुने बताउनुभयो । त्यसैगरी कार्यक्रमका अन्य वक्ताले पछिल्लो समय पर सस्कृति ग्रहणले चेप्न खोजेकाले हाम्रो संस्कृति हराउन थालेको बताएका थिए ।
कार्यक्रममा मानवअधिकार शान्ति समाजका केन्द्रिय सचिव सुशील बस्नेत, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य नारायण प्रसाद भण्डारी, राप्ती बबई क्याम्पसका सुर्यप्रसाद शर्मा, गुरुजजुर नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद आचार्य, दलित अधिकारकर्मी निर्मल नेपाली , एमनेष्टीका प्रमोद न्यौपाने, ज्ञानज्योति प्राथामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक मेघराज घिमिरे , शिशिका निर्मला योगी लगाएतले बोल्नुभएको थियो । नगर सेक्रटरी तिलक योगीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन पार्टीका जिल्ला सदस्य रुद्र्ध वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २९ गते सोमवार
प्रतिक्रिया