बिमल गौतम
दाङ २९ अशोज/ एन प्याव्सन दाङको शुभ कामना आदान प्रदान कार्यक्रम दाङको पर्यटकिय स्थल चमेरे गुफामा सम्पन्न भएको छ । प्रचार प्रसारको अभाव कारण ओझेलमा परेको गुफाको विकास र संरक्षणमा सम्वन्धित निकायको ध्यानाकर्षण गराउने उदेश्यले चमेरे गुफामा शुभ कामनजा आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । शुभ कामना आदान प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले गुफाको विकास गर्न सके राम्रो पर्यटकिय स्थल वन्ने वताएका थिए । बक्ताहरुले राज्यले ऐतिहासिक स्थलहरुको उचित संरक्षण र बिकास गर्न नसक्दा चमेरे ग्ुफा जस्त पर्यटकिए स्थलहरु ओझेलमा परेको बताएका थिए । एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डागिको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथि डागिले गुफाको प्रचार प्रसारमा सवैले आ आफ्नो ठाउँ वाट भुमिका निर्वाह गर्नु पर्ने वताउनु भयो । डागिले गुफा सम्म आउने सडक राम्रो वनाउन सके यसको विकासमा उल्लेख्य सहयोग पुग्ने वताउनु भयो । गुफाको प्रचार प्रसरका लागि कार्यक्रमले भुमिका निर्वाह गर्ने दावि समेत गर्नु भयो । सो अवसरमा अध्यक्ष डागिले जिल्लाका पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागी एन प्याव्सनले आफना कार्यक्रमहरु जखेरा ताल , बारकुने दह , पुरन्धारा झरणा , चमेरे गुफा जस्ता पर्यटकिय स्थलहरुमा राख्ने गरेको बताउनु भयो । कार्यक्रममा रिपोर्टस क्लव दाङको अधिवेशन मार्फत क्लवको महासचिव हुन सफल भएको भन्दै एन प्याव्सनका वरिष्ठ उपाध्यक्ष विमल गौतम लाई सम्मान गरिएको थियो । कार्यक्रममा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम , उपाध्यक्ष भोजराज न्यौपाने , सह कोषाध्यक्ष सालिकराम कार्कि , सदस्य भुवन वलि , सन्तोष रिजाल , भागवत भट्टराई , देवराज गौतम लगायतले वोल्नु भएको थियो । कार्यक्रममा एन प्याव्सन दाङमा आवद्ध विधालयका प्रिन्सिपल तथा संस्थापकहरुको सहभागिता रहेको थियो ।