सिमेण्ट उद्योगलाई अव बढवा नदिउँ: सभामुख महरा

तुलसीपुर,२८ असोज ।

संघिय संसदका सभामुख कृष्ण बहादुर महराले सिमेण्ट उद्योगलाई अव बढवा दिन नहुने बताएका छन । सिमेण्ट उद्योगकै कारण दाङ मरुभुमि बन्न सक्ने भएको हुदा यस तर्फ ध्यान दिनुपर्ने उनले बताएका छन । तुलसीपुर खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाले विजयादशमिको अवसरमा गरेको शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । चुन ढुङ्गा उत्खनन्ले गर्दा पानीको संकट अझै बढ्न सक्ने भएको हुदा अव सिमेण्ट उद्योग खोल्न लाईसेन्स बन्द गर्नुपर्ने उनले बताएका छन ।

यसका साथै पानीको समस्या समाधानको लागि दिर्घकालिन योजना अन्र्तगत पहाडी जिल्लामा बाँसको जंगल बनाउन सकिने उनले बताएका छन । यसो गर्दा त्यहाका स्थानियको जिवन स्तर पनि उकासिने र पानीको श्रोतहरु पनि बचाउन सकिने उनले बताएका थिए ।

संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय सभा सदस्य कोमल वली,प्रदेश ५ का सदस्य उत्तर कुमार वली,तुलसीपुर उपमहानरपालीकाका नगर प्रमुख घनश्याम पाण्डे,जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख चोप प्रसाद धितालले प्रकृतिको दोहन रोक्न सके भइरहदा खानेपानीको समस्या उत्पन्न भैरहेकोमा रोक्न सके खानेपानीको समस्या रोकिनेमा जोड दिएका थिए । संस्थाका सदस्य रञ्जन गौतमको स्वगात मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब मनोज लामीछानेले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असोज २८ गते आइतवार
प्रतिक्रिया