काठमाडौ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सभापति रवि लामिछानेले केहि दिन अघि कोशी र मधेश प्रदेशबाट निर्वाचित आफ्ना सांसदहरुसँग छलफल गर्नुभएको छ । उहाले सिंहदरबारमा छुट्टाछुट्टै सांसदहसंग समसामयिक विषयमा छलफल गर्नुभएको हो । सांसदहरु संग छलफल गर्दै कम्तीमा सरकारको १०० दिनसम्म नबोल्न र कुनै टिप्पणी नगर्न निर्देशन दिएको सांसदहरुले बताएका छन् ।
साथै उहाले पत्रकारहरु संग अन्तरवार्ता दिँदा पार्टीको बदनाम हुने सम्भावना भएकाले यसतर्फ कम्तीमा एक सय दिन सावधानी अपनाउन निर्देशन दिनुभयो । पार्टीमा रविका विश्वासपात्र तथा मधेशका प्रभावशाली एकजना नेताले सांसद अमरेशकुमार सिंहले बोलेको विषयलाई वर्तमान सन्दर्भमा मधेशको वास्तविकता भएको आफ्नो समूहमा बताउनुभयो। भारतसँग जोडिएको सीमा नाकामा देखिएको समस्यालाई सिंहले झैँ उहाले पनि सामान्य मान्न नहुने बताउनुभयो ।





