२०८३ जेष्ठ १० गते आइतवार

एमालेको सचिवालय बैठक आज पनि बस्दै , अध्यक्ष ओलीले जवाफ दिने

फोटो फाईल

काठमाडौ, १० जेठ ।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने कार्यतालिका छ ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।शुक्रवार र शनिबार बोल्ने अधिकांश पदाधिकारीले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया