फोटो फाईल
तुलसीपुर, ८ जेठ । जिल्ला प्रहरी कार्यालय दाङले अवैध रुपमा नदीजन्य पर्दाथ उत्खनन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका गाडीलाई कारवाही गरेको छ । जिल्ला तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हप्ताको अवधीमा विभिन्न खोला तथा नदीबाट अवैध ढुङ्गा, बालुवा र गिट्टी ओसारपसारमा संलग्न भएको आरोपमा १ वटा जेसीवी , २ वटा ट्रिप्पर र ५ वटा टेक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ती गाडीलाई कारवाही स्वरुप २ लाख ९५ हजार रुपैया राजस्व जरिवाना गरिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार





