सांकेतिक तस्विर
काठमाडौ, ८ जेठ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद -ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद -ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा भएकाले जेठ १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।
प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार





