२०८३ जेष्ठ ८ गते शुक्रवार

मध्य र पूर्वी भेगमा वर्षा हुदा पश्चिममा गर्मी धेरै

काठमाण्डौ, ८ जेठ ।  देशका मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ । सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने र पूर्वमा केही दिन वर्षा जारी रहने सम्भावना छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया