२०८३ जेष्ठ ६ गते बुधवार

आज सुनको भाउ ३ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं,६ जेठ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३ सय रुपैयाँले घटेको हो । सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज तोलाको ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया