काठमाडौ, ५ जेठ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज मंगलवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।संवैधानिक परिषद्को गएको वैशाख २४ गतेको निर्णयअनुसार प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले आजै सर्वसम्मत अनुमोदन गरेको थियो ।
आजै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उहाँले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिले उजुरीकर्ताहरूसँग पनि आजै छलफल गरेको थियो ।
प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार





