दाङ राजधानी बन्छ : सभामुख महरा

तुलसीपुर २६ असोज
सभामुख कृष्णबहादुर महराले दाङमा समृद्धि सम्भव रहेको बताउनुभएको छ ।  रिपोर्टर्स क्लब दाङको आठौ बार्षिक उत्सवलाई कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले त्यसका लागि एकता अपरिहार्य रहेको बताउनुभएको छ । दाङमा विभिन्न खाले समस्या भएको भन्दै राजनीतिक रुपमा एकता नभए सम्म पूर्व भालुबाङ देखि पश्चिम दाङको गङटे सम्मको समग्र विकास हुन नसक्ने बताउनुभयो । दाङमा धेरै समस्या भएको तर नभन्ने बताउनुभयो । त्यसैगरी उहाँले दाङलाई राजधानी पक्षमा आफु रहेको बताउनुभयो ।
दाङलाई मात्रै राजनधानी नचाहिएको भन्दै सभामुख महराले वुटवल पश्चिमका जिल्लाका लागि आवश्यक रहेको बताउनुभयो । त्यसका लागि नयाँ संघर्षको आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा संघिय सांसद हिराचन्द्र केसी, राष्ट्रिय सभासदस्य द्धोय कोमल वली, अनिता देवकोटा, प्रदेश सांसद डिल्ली चौंधरी, तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याश्याम पाण्डे लगाएतले राष्ट्रको समृद्धिका लागि संचारले महत्वपूर्ण भूमिका निर्भाह गर्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रमा पूर्वसांसद बुद्धिराम भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव सुशील बस्नेत, महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सुष्मा गिरी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का सचिव संगित बस्याल लगाएतले बोल्नुभएको थियो ।
क्लबका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बिमल गौतमले गर्नुभएको थियो । सो अवसरमा संचार तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकार र समाजिक व्यक्तिवलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २७ गते शनिवार
प्रतिक्रिया