२०८३ जेष्ठ ५ गते मङ्गलवार

गलत सूचना दिएको प्रति परराष्ट्र मन्त्रालयले माफी माग्यो

फोटो फाईल

काठमाडौ, ४ जेठ । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भन्दै गलत सूचना दिएको परराष्ट्र मन्त्रालयले माफी मागेको छ।मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै परराष्ट्रले नेपाली नागरिक झा रिहा भएको भन्ने सूचनाले अन्योल सिर्जना भएको भन्दै माफी मागेको हो। उहाको मुद्दा इरानको अदालतमा विचाराधीन रहेको मन्त्रालयले जनाएको छ। परराष्ट्रले यसअघि झा रिहा भइसकेको जानकारी गराएको थियो।

ईरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ, परराष्ट्रले भनेको छ।उहाको रिहाइका लागि कूटनीतिक पहल जारी राखिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया